२५ असार २०८३, बिहीबार

नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्य नहुने भारतको चेतावनी, भारतीय भूमि समेटिएकाे दाबी

नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्य नहुने भारतको चेतावनी, भारतीय भूमि समेटिएकाे दाबी

नेपालले  लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरेपछि भारतको प्रतिक्रिया आएको छ।

नेपालले बुधबार अपराह्न नयाँ नक्सा जारी गरेको केही घन्टापछि  भारतीय विदेश मन्त्रालयले  आपत्ति जनाएको हो।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको संशोधित नक्सामा भारतीय भूभाग समेटिएको दाबी गर्दै स्वीकार्य नहुने चेतावनी दिएका हुन्। र, नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको उनको जिकिर छ।

सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्वप्रतिबद्धताको पनि विपरीत भएको भारतको विदेशमन्त्रालयको भनाइ छ।

श्रीवास्तवले नेपाल भारतको पोजिसनप्रति जानकार रहेको दाबी गर्दै भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न पनि आग्रह गरेका छन्।


 

salt training

कमेन्ट गर्नुहोस्