१२ साउन २०८३, मंगलबार

सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय ‘अमानवीय गतिविधि’ : कांग्रेस

जेठ ७, २०७७
सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय ‘अमानवीय गतिविधि’ : कांग्रेस
फाइल फोटो।

नेपाली कांग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गरेका हुन्।

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको कांग्रेसले जनाएको छ। कांग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्