काठमाडौं १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको गाउँपालिका र नगरपालिकाका सरकारी स्कुलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर अनिवार्य राख्नु पर्ने भएको छ ।
बुधवार राजधानीमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले राप्रपाले चुनाव जितेको ठाउमा सरकारी स्कुलमा पृथ्वीनारयाणको तस्वीर राख्नु पर्ने व्यबस्था गर्ने बताएका हुन् ।
‘पसु २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउन सरकारी कार्यालय र बिद्यालयमा सर्वजनिक विदा दिइने छ,’ चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले भने ।