०९ असार २०८३, मंगलबार

अमेरिकाका सैन्य जहाज लगातार दुर्घटनामा पर्दै

जेठ ८, २०७७
अमेरिकाका सैन्य जहाज लगातार दुर्घटनामा पर्दै

अमेरिकी वायुसेनाको एफ–३५ फाइटर जेट मंगलवार राति फ्लोरिडास्थित अड्डामा दुर्घटनाग्रस्त भएको छ । केही दिनअघि त्यही ठाउँमा एफ–२२ विमान पनि दुर्घटनामा परेको थियो । 

पाँचौं पुस्ताको एफ–३५ए लाइटनिङ सेकेन्ड विमानको मूल्य ९ करोड डलर छ । त्यो एग्लिन एयरफोर्स बेसमा मंगलवार साढे ९ बजेतिर दुर्घटनाग्रस्त भएको थियो । 

विमानचालक विमानबाट निस्कन सफल भएका थिए र उनलाई स्थानीय अस्पताल लगिएको छ । उनको अवस्था स्थिर छ । 

‘दुर्घटनाको समयमा पाइलटले नियमित गश्ती गरिरहेका थिए,’ सैन्य अड्डाले एक वक्तव्य जारी गरेर जानकारी दियो । 

उक्त विमान ५८औं फाइटर स्क्वाड्रनलाई दिइएको थियो तर पाइलटको नाम सार्वजनिक गरिएको छैन ।

गत शुक्रवार मात्र एफ–२२ र्‍याप्टर फाइटर जेट त्यही हवाईअड्डामा दुर्घटना हुँदा पाइटल सकुशल निस्कन सफल भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्