१६ असार २०८३, मंगलबार

कोरोना संक्रमणका विषयमा कोरियाको सीडीसीबाट आयो आशालाग्दो खबर

जेठ ८, २०७७
कोरोना संक्रमणका विषयमा कोरियाको सीडीसीबाट आयो आशालाग्दो खबर

निको भएपछि पनि कोरोनाभाइरसको पोजिटिभ पाइएकाहरू संक्रामक नहुने एक नयाँ अध्ययनले देखाएको छ । 

कोरियाको सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) ले कोरोनाबाट निको भएर पुनः देखिएकाहरू संक्रामक नरहेको फेला पारेको हो । 

रोगीहरूको सम्पर्कमा आएका ७९० जनालाई रोग नसरेको पाइएको छ । 

यसले गर्दा कुनै कुनै क्षेत्रमा लकडाउन खोल्नु सुरक्षित हुने संकेत पाइएको सीडीसी टोलीको भनाइ छ । 

दोस्रोपटक कोरोना पोजिटभ पाइएका रोगीबाट संकलित भाइरस नमूनाहरू प्रयोगशालामा समेत नबढेको अनुसन्धाताहरूले पाए । 

यसको अर्थ हुन्छ– ती रोगीहरू पुनः संक्रमित भएका हैनन्, बरू तिनले मरेका भाइरसको कणहरू त्यागेका हुन् । 

दक्षिण कोरियाले अघिल्लो महिना निको भइसकेको थुप्रै रोगीलाई पुनः संक्रमण देखिएको भनी चिन्ता व्यक्त गरेको भए पनि यो अध्ययनले राहतको खबर दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्