०८ असार २०८३, सोमबार

पक्राउ परिने डरले पेरुका एक मेयरले गरे मरेको अभिनय

जेठ ८, २०७७
पक्राउ परिने डरले पेरुका एक मेयरले गरे मरेको अभिनय

पेरुको एक सानो शहरका मेयरले लकडाउनको नियम तोड्दै साथीभाइसँग मदिरा सेवन गरेको पाइएपछि प्रहरीलाई झुक्याउन मरेको अभिनय गरेका छन् । 

जेमी रोलान्दो अर्बिना टोरेसलाई खुला कफिनमा फेस मास्क लगाएर सुतेको अवस्थामा प्रहरीले फेला पारेको हो । घटना तान्तारा शहरमा सोमवार राति भएको हो । 

प्रहरीका अनुसार, उनले निषेधाज्ञा र सामाजिक दूरी अपनाउनुपर्ने नियम तोड्दै साथीहरूसँग बसेर मदिरा सेवन गरेका थिए र पक्राउ पर्दा टिल्ल थिए । 

टोरेसले भाइरसको जोखिमलाई गम्भीर रूपमा नलिएको अनि शहरमा सुरक्षाको पूर्वसतर्कता नअपनाएको आरोप स्थानीयहरूले लगाउँदै आएका थिए । 

पेरुभरि ६६ दिनदेखि आधिकारिक रूपमा बन्दाबन्दीको घोषणा गरिएको छ । 

तर आक्रोशित स्थानीयहरूका अनुसार, टोरेसले लकडाउन शुरू भएदेखि शहरमा आठ दिन मात्र बिताएका छन् र स्थानीय स्तरमा सुरक्षाको कुनै उपाय अपनाएका छैनन् । 

उनले बाहिरका मानिसलाई शहरमा प्रवेश गर्नबाट रोक्नका लागि पनि कुनै सुनिश्चितता गरेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्