२३ जेठ २०८३, शनिबार

रुपन्देही र पाल्पाका पत्रकारको  आरडिटी नेगेटिभ

जेठ ८, २०७७
रुपन्देही र पाल्पाका पत्रकारको  आरडिटी नेगेटिभ
प्रतिकार्यात्मक तस्वीर।

नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा बिहीबार बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ।  कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४०  पत्रकारको आरडिटी  गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए।

खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताए। 'पहिलो चरणमा ३५ जनाको आरडिटी  भएको छ, अब अर्को चरणमा अरु सदस्यलाई समेट्छौंँ,' उनले भने।

महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।बिहीबार नै ३९  नेपाली सैनिकको समेत आरडिटी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्