
प्रदेश ५ का दुुई जना प्रदेशसभा सदस्यको आरडिटी प्रविधिबाट कोरोना भाइरस (कोभिड-१९) जाँच गर्दा रिर्पोट पोजेटिभ देखिएको छ। शुक्रबारदेखि सुरु हुुने प्रदेश ५ को बजेट अधिवेशनको पूर्वसन्ध्यामा प्रदेश सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारको आरडिटीबाट कोरोना भाइरस जाँच गरिएको थियो।
सांसद, चालक र सांसदका सहयोगी, पत्रकार गरी ३ सय ९८ जनाको जाँच गर्दा २ सांसद सहित ११ जनाको नतिजा पोजेटिभ देखिएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए। प्रदेशसभामा ८७ सांसद छन्।
पीसीआर बिधिबाट जाँच गर्ने भनिए पनि कीटको अभाव भएपछि आरडिटी जाँच गरेर भए पनि बैठक सञ्चालन गर्ने निर्णयमा पुगिएको हो। पोजेटिभ देखिएकाको स्वाब संकलन गरी पीसीआर जाँचका लागि पठाइएको छ।