२९ जेठ २०८३, शुक्रबार

कोरोनाबाट कसरी बच्ने गर्भवती महिला ?

जेठ ९, २०७७
कोरोनाबाट कसरी बच्ने गर्भवती महिला ?

कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३४ हजारभन्दा बढी भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणको खतरा गर्भवती महिलालाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । 

गठनका अनुसार, गर्भवती महिलाले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र हैन गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन्छ । त्यसकारण गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नियमित रूपमा साबुन पानी वा स्यानिटाइजरले हात धुने 
आँखा, मुख तथा नाकमा नछुने
अन्य मानिसको सम्पर्कबाट टाढै रहने 
खोक्दा तथा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने

गर्भवती महिलालाई सल्लाह दिँदै संगठनले उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने बताएको छ ।

कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्ता  ‘सेल्फ आइसोलेसन’मा बस्न संगठनले सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्