०३ असार २०८३, बुधबार

रौतहटमा प्रहरीले चलायो १२ राउन्ड गोली, आलमका भाइ फरार

रौतहटमा प्रहरीले चलायो १२ राउन्ड गोली, आलमका भाइ फरार

रौतहटमा गएराती प्रहरीले १२ राउन्ड गोली चलाएको छ ।

सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमका भाइ मेहेताब आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि गोली चलाउनु परेको प्रवक्ता एवम् नायव महानिरीक्षक निरज शाहीले लोकान्तरलाई जानकारी दिए ।  । 

गएराती आलमका भाइ मेहेताब आलम सहितका तीन जना पक्राउ गर्न प्रहरी टोली त्यसतर्फ गएको थियो । 

स्थानीयले अवरोध गरेपछि आलमका भाइ फरार भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्