१३ असार २०८३, शनिबार

एकै गाउँमा १५ जना कोरोना संक्रमित, भारतबाट आएर क्वारेन्टाइनमा

जेठ ९, २०७७
एकै गाउँमा १५ जना कोरोना संक्रमित, भारतबाट आएर क्वारेन्टाइनमा

सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गाउँपालिकाका १ महिला र १४ जना पुरुष गरी १५ जनामा कोरोना ‘पोजेटिभ’ पाइएको छ ।

गाउँमा २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिलामा संक्रमित रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमित १५ जनामध्ये १४ जना पुरुष सिसौटका रहेपनि महिला भने आफ्नो गाउँको नरहेको ७ नम्बर वडाका वडाध्यक्ष रामसोगारथ साह तेलीले बताए । तेलीका अनुसार संक्रमित १४ जना पुरुषमध्ये १३ जना भारतको मुम्बईबाट र १ जना दिल्लीबाट आएका हुन् ।

जेठ ७ गते ११ जना, जेठ ५ गते १ जना र जेठ ४ गते २ जना भारतबाट आएका उनले बताए । भारतबाट आएका संक्रमितहरू घर नगएर सिधा क्वारेन्टाइनमा गएको उनले बताए । गाउँपालिकाको ४ नम्बर वडाको तपसी माविमा क्वारेन्टाइन सञ्चालित रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्