कोरोना संक्रमणबाट बच्नका लागि विभिन्न किसिमका आविष्कारहरू जारी छन् । त्यसै क्रममा थाइल्यान्डको एक मलले लिफ्टमा संक्रमणबाट बच्नका लागि हातले थिच्ने बटनको साटो फूट पेडल बनाएको छ ।
लकडाउनका कारण ध्वस्त भएको अर्थतन्त्रलाई उकास्नका लागि थाइल्यान्डमा बजारहरू बिस्तारै खोलिँदैछन् । त्यसैक्रममा शपिङ मलले ग्राहकहरूलाई आकर्षित गर्न फूट पेडलको व्यवस्था गरेको हो ।
लिफ्ट चढेका एक ग्राहकले भने, ‘उनीहरूले यस्तो कुरा बनाएर राम्रो काम गरेका छन् । म अहिले बढी सुरक्षित अनुभव गरिरहेको छु किनकि अर्काको हातले छोइएको कुरा छुँदा मलाई डर लाग्थ्यो । तर अब लिफ्टमा तलमाथि जान गोडा उपयोग गर्न सकिने भएको छ ।
थाइल्यान्डमा आइतवारबाट शपिङ मल र डिपार्टमेन्टल स्टोर खोलिएको हो ।