१८ असार २०८३, बिहीबार

पाकिस्तानमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेलाई प्रधानमन्त्री ओलीको श्रद्धाञ्जली

पाकिस्तानमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेलाई प्रधानमन्त्री ओलीको श्रद्धाञ्जली
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अपराह्न पाकिस्तानको कराँचीमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री ओलीले दुर्घटनाको समाचार सुनेर आफू स्तब्ध भएकोसमेत जनाएका छन् ।

‘म आज पाकिस्तानमा विमान दुर्घटना भएको खबर सुनेर साह्रै स्तब्ध भएँ,’ उनले लेखेका छन्, ‘पाकिस्तान सरकार र शोक सन्तप्त परिवारका सदस्यप्रति हार्दिक संवेदना । म घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्