
रुपन्देहीको गैडहवा र रोहणी गाउँपालिकामा शनिबार ८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै भारतबाट लुकिछिपी वैशाख २८ गते अगाडि जिल्लामा भित्रिएका मध्येका हुन ।
गैडहवाको जोगडा मावि क्वारेन्टाइनमा रहेका ६ जना र नवदुर्गा माविमा रहेका १ जनामा कोरोना संक्रमण देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।
अर्का एक जना रोहणी गाउँपालिकाका हुन् ।
गैडहवाका ८५ जनाको स्वाब जाँच गर्दा ७ जनाको रिर्पोट पोजेटिभ देखिएको हो । अझै १२ जनाको रिर्पोट आउन बाँकी छ ।
संक्रमित हुनेहरू २० वर्षका दुई जना २४ वर्षका दुई जना, ३० वर्षका दुई जना २७ र ५५ वर्षका पुरुष हुन् ।
गाउँपालिका विभिन्न ६ वटा विद्यालयमा ३०६ जना क्वारेन्टाइनमा रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
शनिवार संक्रमितलाई कहाँ राख्ने विषयमा अहिले गाउँपालिकाले छलफल गरिरहेको छ । रुपन्देहीका सबै कोरोना अस्पताल बिरामीले भरिएपछि थपिएका नयाँ संक्रमितलाई कहाँ कसरी राख्ने भन्ने बारे चुनौती थपिएको छ ।