१२ असार २०८३, शुक्रबार

प्रचण्ड निवासमै पुग्यो लिम्पियाधुरा सहितको नेपालको नक्सा

प्रचण्ड निवासमै पुग्यो लिम्पियाधुरा सहितको नेपालको नक्सा

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् ।

शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरिएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । मन्त्री अर्यालले आफूहरू नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाइमा रहेको स्पष्ट पारेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्