२८ असार २०८३, आइतबार

पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री भष्टाचार आरोपमा पक्राउ

जेठ १०, २०७७
पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री भष्टाचार आरोपमा पक्राउ

पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री पिटर ओनिल भष्ट्राचार आरोपमा  पक्राउ परेका छन्।

उनी स्वदेश फर्किए लगत्तै शनिबार पक्राउ परेका हुन्। ओनिलले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताएका छन्।
पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन्।

ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। 

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट विदा भएका थिए। -रासस/एएफपी 

salt training

कमेन्ट गर्नुहोस्