२० असार २०८३, शनिबार

भारतमा फेरि साधुको हत्या

जेठ ११, २०७७
भारतमा फेरि साधुको हत्या

भारतको महाराष्ट्रस्थित पालघरमा साधुहरूलाई भीडले कुटीकुटी हत्या गरेको विषय सेलाउन नपाउँदै त्यही राज्यको नांदेडमा लिंगायत समुदायका साधुको हत्याको खबर आएको छ । 

साधुको नाम रुद्र पशुपति महाराज बताइएको छ । प्रहरीका अनुसार, लिंगायत समुदायकै साईनाथ रामले साधुको हत्या गरेका हुन् । साधुु बसेकै इलाकामा अर्का एक व्यक्तिको पनि हत्या गरिएको छ । ती व्यक्ति साईनाथका साथी भएको बताइएको छ । 

शनिवार मध्यरात र साढे १२ को बीचमा साधुको हत्या भएको बताइएको छ । ढोका फोरेर आरोपित कोठामा पसेको र साधुको हत्या गरेर भागेको खबर छ । 

प्रदेश सरकारका मन्त्री अशोक चह्वाणले घटनाको निन्दा गर्दै प्रहरीलाई आरोपितमाथि कडा कारवाहीको आदेश दिएका छन् । 

त्यसअघि पालघरमा जूना अखाडाका दुई साधुलाई भीडले हत्या गर्दा महाराष्ट्रको कानून व्यवस्थाको कडा आलोचना भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्