२७ असार २०८३, शनिबार

आणविक शक्ति बढाउन किम जोङ उनले बोलाए सैन्य बैठक

जेठ ११, २०७७
आणविक शक्ति बढाउन किम जोङ उनले बोलाए सैन्य बैठक

उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक क्षमता बढाउनका लागि बनाइने नयाँ नीतिहरूको चर्चाका लागि एक सैन्य बैठक आयोजन गरेका छन् । अमेरिकासँग आणविक निःशस्त्रीकरणको वार्ता अलपत्र परेको समयमा यो बैठक बसेको हो । 

सरकारी समाचार संस्था केसीएनएले आइतवार लेखेअनुसार, सत्तारूढ वर्कर्स पार्टीको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसनको बैठकमा किम उपस्थित भएका छन् । उनी सार्वजनिक समारोहमा लामो अन्तरालपछि देखिएका हुन् । 

देशमा कोरोनाभाइरस संक्रमण फैलिएपछि किम सार्वजनिक स्थानमा बिरलै देखिने गरेका छन् । 

केसीएनएका अनुसार, बैठकमा सुरक्षा बलहरूलाई बलियो बनाउने विषयमा चर्चा भएको छ । अनि शत्रुदेशहरूले तेर्स्याएका सानाठूला चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषय पनि बैठकमा उठाइएको छ । बैठकमा आर्टिलरी गनबाट आक्रमण गर्ने क्षमता बढाउनका लागि महत्त्वपूर्ण उपाय अपनाउने सहमति पनि बनेको छ । 

अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि गरेको प्रयासमा खासै प्रगति हुन सकेको छैन । सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच भियतनामको हनोईमा भएको वार्ता कुनै ठोस परिणाम ननिस्किकन टुंगिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्