०४ असार २०८३, बिहीबार

प्रहरी महानिरीक्षकको निर्देशन : 'मोवाइल अफ, सुरक्षा इन !'

कात्तिक २०, २०७४
प्रहरी महानिरीक्षकको निर्देशन : 'मोवाइल अफ, सुरक्षा इन !'
काठमाडौं १३ वैशाख - प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको शान्ति सुरक्षाको मामिलामा कुनै सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । अपराध नियन्त्रण र पारदर्शितामा शून्य सहनशीलताको नीति अख्तियार गर्न उनले निर्देशन दिए ।


काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुख र महानगरीय प्रहरी प्रभागका प्रमुखलाई बुधवार प्रहरी प्रधान कार्यालयमा निर्देशन दिदै अर्यालले अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

काठमाडौं उपत्यका मुलुकको राजधानी शहर भएकोले उपत्यकामा अपराधका गतिबिधी हुन नदिन महानिरिक्षक अर्यालले विशेष निर्देशन दिए । राजधानीमा कुनैपनि गुण्डागर्दीका घटना हुन नदिने तर्फ विशेष सतर्कता अपनाउन उनले निर्देशन दिए ।

आशन्न स्थानीय निर्वाचनलाई लिएर हुनसक्ने सम्भावित घटनाप्रति सजग रहदै शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न उनले निर्देशन दिए । स्थानीय तहको चुनावलाई विशेष मध्यनगर गरेर कामगर्न उनले मातहतका निकायलाई दिर्नेशन दिए ।

‘व्यबसायीक रुपले काम गर्ने, कुनै पनि कमजोरी त्रुटि हुन नदिने तथा अपराध नियन्त्रण र पारदर्शिताको सवालमा शून्य सहनशीलताको नीति अख्तियार गर्न निर्देशन भएको छ’ प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले लोकान्तरसँग भने ।
अर्यालले आफूलाई दिएको जिम्मेवारी पूरा नगर्नेलाई कार्वाही गर्नपनि निर्देशद दिएका छन । ‘प्रहरीले मोवाइल फोन चलाउने र गफ गर्ने होइन, जनताको शान्ति सुरक्षामा ध्यान दिनुपर्छ’ अर्यालले भने । पछिल्लो समय ड्युटीमा रहेका प्रहरी मोवाइल चलाएर जिम्मेवारीप्रति विमुख बन्दै गएको भन्दै उनले मोवाइल चलाएर बस्ने काम निरुत्साहित गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्