०६ साउन २०८३, बुधबार

जाडो महिना लाग्दासम्ममा कोरोनाको खोप बन्ने आश

जेठ ११, २०७७
जाडो महिना लाग्दासम्ममा कोरोनाको खोप बन्ने आश

गाभी खोप साझेदारी नामक संस्थाका प्रमुखले कोरोनाभाइरसविरुद्धको सम्भावित खोप बन्ने संकेत पाइएको बताएका छन् । खोप व्यापक रूपमा उपलब्ध गराउन निकै लामो यात्रा गर्नुपर्ने उनको भनाइ छ । 

‘दुर्भाग्यवश हामीलाई कुन खोपले काम गर्छ भन्ने थाहा भइसकेको छैन । सबै कुरा सही भयो भने आउँदो जाडो महिनासम्ममा सम्भावित खोपको प्रभावकारिताको जानकारी हामी पाउँछौं,’ गाभीका प्रमुख सेथ बर्कलीले स्विस पत्रिका एनजेडजेड आम सोन्ताखलाई बताए ।

‘तर त्यस स्थितिबाट विश्वभरिका मानिसलाई व्यापक मात्रामा खोप उपलब्ध गराउने बाटो निकै लामो छ ।’

खोप तयार भएछ भने त्यसलाई उत्पादन गर्न र बाँड्नका लागि वैश्विक प्रयास आवश्यक हुने बर्कलीको भनाइ छ । खोप आएपछि उत्पादन क्षमता विस्तार गर्न अन्तर्राष्ट्रिय सहमति बन्नुपर्ने उनले बताए । 

उनले खोपको उपयोगका विषयमा स्पष्ट निर्देशिका जारी गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे । आवश्यक परेका मानिसलाई भन्दा पनि धनीहरूलाई खोप उपलब्ध गराउने स्थितिबाट जोगिन विश्व स्वास्थ्य संगठन सतर्क हुनुपर्ने उनको कथन छ ।

salt training

कमेन्ट गर्नुहोस्