०६ साउन २०८३, बुधबार

स्वास्थ्य सतर्कता अपनाउँदै इद उल फित्र मनाउन सभामुखको आह्वान

स्वास्थ्य सतर्कता अपनाउँदै इद उल फित्र मनाउन सभामुखको आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

 इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले आपसी सद्भाव,  सहिष्णुता र भाइचाराको सन्देश दिने बताए । 

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास  व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाबाट मानवजातिलाई जोगाउन एकतामा जोड

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति  श्रद्धाञ्जलिका  साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्