०६ असार २०८३, शनिबार

संक्रमण पुष्टिको १४ दिनमै नर्सले जितिन् कोरोना

जेठ १२, २०७७
संक्रमण पुष्टिको १४ दिनमै नर्सले जितिन् कोरोना
प्रतिकात्मक तस्वीर

कपिलवस्तुमा नर्ससहित ११ जना कोरोना संक्रमणमुक्त भई घर फिर्ता भएका छन् ।

कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमवार घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको संख्या बढेको छ ।

 गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० जनाको पीसीआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

नर्सको क्रमशः दोस्रो र तेस्रो पटक जेठ १ र ४ गते २ पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी संक्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा. किशोर बञ्जाडेले बताए । उनलाई थप १ हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।

शनिवार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका ३/३ र बुद्धभूमि नगरपालिकाका १ जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमवारसम्म ८३ जनामा कोरोना संक्रक्रमण देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्