
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका कम्तिमा २ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्ने रणनीति रहेको बताएका छन् ।
कोरोना परीक्षणलाई तीव्र बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने रणनीति रहेको बताएका हुन् ।
नेपाल टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- 'औषधि र स्वास्थ्य खरिदमा भएका अलमल कोभिड- १९ को परीक्षणलाई तीव्र बनाइएको छ । औषधिको प्रबन्ध द्रूत गतिमा गरिनेछ । कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण गर्ने योजनामा सरकार छ ।'
२ महिनाको शिशुदेखि ८१ वर्षको वृद्धसम्मलाई कोरोना निको हुनुलाई सफलता मान्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
आवश्यकताअनुसार बन्द होटल र सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने गरी प्रबन्ध गरिने पनि उनले बताए ।
महामारी बिस्तार भएको ठाउँलाई सील गरी युद्धस्तरमा परीक्षणको काम अघि बढाउने र सबै सरकारी निकायहरूलाई चुस्त एवं प्रभावकारी बनाउने प्रधानमन्त्री ओलीले बताए ।