१८ असार २०८३, बिहीबार

लोकमानलाई अदालत परिसरमै कालोमोसो

कात्तिक २०, २०७४
लोकमानलाई अदालत परिसरमै कालोमोसो

काठमाडौं, ७ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमै हातपात भएको छ ।

उनलार्इ कालोमाेसाे दलिएको छ ।आफूविरुद्ध परेको रिटको पेशी बुझ्न अदालत पुगेका कार्कीमाथि कालोमोसो दलिएको हो ।

अदालत प्रवेश गर्दै गर्दा २ व्यक्तिले उनलाई कालोमोसो दलेका थिए । कालोमोसो दल्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्की बिरुद्ध परेका रिटमाथी सर्वोच्च अदालतमा निवेदकका तर्फबाट आज बहस सकिएको छ । न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा शुरु भएको सुनुवाईमा निवेदकका तर्फबाट आज ९ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्