१० साउन २०८३, आइतबार

सेती नदीमा पौडी खेल्दा बेपत्ता युवकको डेढ महिनापछि शव फेला

सेती नदीमा पौडी खेल्दा बेपत्ता युवकको डेढ महिनापछि शव फेला

पोखराको सेती नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका एक युवकको शव डेढ महिनापछि फेला परेको छ । गत चैत २८ मा पोखरा–१ बगरस्थित सेती नदीमा अरु २ साथीसहित पौडी खेल्ने क्रममा पोखरा–१६, दीपका २४ वर्षीय अमृत थापा बेपत्ता भएका थिए ।

उनको शव सोमबार दिउँसो कास्की प्रहरीले घटनास्थलभन्दा केही दूरी तल खोँचमा तैरिरहेको अवस्थामा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता नरहरि अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

थापासँगै पौडि खेल्न गएका अन्य २ जना भने सकुशल घर फर्केका थिए । यस्तै, पोखरा–१८,सेदीफाँटमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने कञ्चनपुर पुनर्बास–२ का ४५ वर्षीय पदम लामा मृत फेला परेका छन् ।

अपार्टमेन्टमा काम गर्नेक्रममा अचानक बेहोस भई ढलेका लामाको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्