०४ असार २०८३, बिहीबार

आगलागीबाट गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट

जेठ १२, २०७७
आगलागीबाट गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट
फाइल तस्वीर

कैलालीको कैलारी गाउँपालिका ८ दक्षिणटेढीस्थित एक गाईगोठसहित पोल्ट्री फर्म जलेर नष्ट भएको छ ।

स्थानीय टेकबहादुर साउँदको चन्द्र कृषि फर्मभित्र रहेको गाईगोठ र पोल्ट्री फर्म सोमवार जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

प्रहरीका अनुसार घरमा बच्चाहरुले गाईको लागि कुँडो पकाउने बेला दिउँसो करिब ११/१२ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट गाईगोठ र भर्खरै फर्ममा हालेका २ हजार ब्रोइलर कुखुराका चल्ला सहित फर्म पूर्णरुपले जलेर क्षति भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारदसिंह धामीले जानकारी दिए ।

आगलागीलाई दक्षिण टेँढी, लोहरपुर, बेनौली लगायतका गाउँका स्थानीयहरु बोरिड्ड, कुलोको पानीबाट नियन्त्रणमा लिएको थिए ।

यसैबीच सो गाउँपालिकाको वडा नं. ७ भुँइयाँफाँटाका स्थानीय चुल्हुराम चौधरीको घरमा रुख ढलेर उनको घरमा क्षति र उनको श्रीमतिको टाउकोमा चोट लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्