२२ असार २०८३, सोमबार

कर्णाली सरकारले गर्न नसकेको काम गर्दै वीरेन्द्रनगर, अब विश्वविद्यालयमा क्वारेन्टाइन

जेठ १२, २०७७
कर्णाली सरकारले गर्न नसकेको काम गर्दै वीरेन्द्रनगर, अब विश्वविद्यालयमा क्वारेन्टाइन

कर्णाली प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुर्खेत क्याम्पस शिक्षामा क्वारेन्टाइन बनाउने निर्णय गरेको महिनौं वित्दा पनि काम अघि नबढेका बेला वीरेन्द्रनगर नगरपालिकाले निर्माणमा तीव्रता दिने भएको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पूर्वसावधानी गृह (क्वारेन्टाइन) का लागि भवन उपलब्ध गराइदिन नगरपालिकाले अनुरोध गरेकोमा उपकुलपति प्राडा नन्दबहादुर सिंह र नगरपालिकाका कार्यवाहक मेयर  मोहनमाया ढकाललगायतको अग्रसरतामा मानविकी, व्यवस्थापन, विज्ञान र इन्जिनियरिङ संकायका भवनको सम्भाव्यता अनुगमन गरी क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको हो।

ढकालका अनुसार शिक्षा क्याम्पस सुर्खेतलाई क्वारेन्टाइन का लागि भवन उपलब्ध गराइदिन अनुरोध गरिएको छ। त्यसका लागि क्याम्पस प्रमुख भुपेन्द्रबहादुर शाहीसँग सहमति भइसेको र  मैत्री भवनको सम्भाव्यता अनुगमन गरी क्वारेन्टाइन स्थापना भइसकेको उनको भनाइ छ।

हाल नगरपालिकामा  बालमन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्रवर माध्यमिक विद्यालय, चन्द्रगंगा माध्यमिक विद्यालय र शिक्षा क्याम्पस सुर्खेतको मैत्री भवनमा   क्वारेन्टाइन स्थापना गरी सञ्चालन गरिएको छ। नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा २ सय ४८ जना बसिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्