०७ असार २०८३, आइतबार

प्रदेश २ः दुई दिनमा २९ कोरोना संक्रमित निको भएर घर फर्किए

जेठ १२, २०७७
प्रदेश २ः दुई दिनमा २९ कोरोना संक्रमित निको भएर घर फर्किए
प्रतिकार्यात्मक तस्वीर।

प्रदेश २ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए।

यस प्रदेशअन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ।

 सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२ ,बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ। यसैबीच, सोमबार थपिँएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको छ। उनीहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा।घिमिरेले जानकारी गराए।

salt training

कमेन्ट गर्नुहोस्