०२ साउन २०८३, शनिबार

भारतमा जुलाइकाे सुरुवातिसम्म कोरोना संक्रमित २१ लाख पुग्नसक्ने

जेठ १२, २०७७
भारतमा जुलाइकाे सुरुवातिसम्म कोरोना संक्रमित २१ लाख पुग्नसक्ने
प्रतिकार्यात्मक तस्वीर।

भारत कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशको १०औँ नम्बरमा आएको छ। 

भारतमा कोरोनामाथि अध्ययन,अनुसन्धान गर्ने सोधकर्ताहरुले संक्रमितको संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्। 

जोन्स हप्किन्स् विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगिसकेको छ, भने ४ हजार २४ को ज्यान गइसकेको छ। 

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार भारतमा संक्रमणको संख्या हरेक १३ दिनमा दुई गुणा बढिरहेका छन् । र, भारतमा लकडाउन पनि केही खुकुलोपन कायम गरिएको छ। जसकारण संक्रमितको संख्या अझ बढ्ने आकलन गरिएको छ। 

महामारीरोग विशेषज्ञ प्राध्यापक भ्रमर मुखर्जीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भारतमा संक्रमणको घटनामा अझै कमी नआएको बताएकी छन्।

मुखर्जी टीमको अनुमान छ कि भारतमा जुलाइको सुरुवातमा भारतमा ६ लाख ३० हजारदेखि २१ लाख मान्छे कोरोना संक्रमित हुनसक्छन्।  
 

salt training

कमेन्ट गर्नुहोस्