×

NMB BANK
NIC ASIA

आरडीटी ‘पोजेटिभ’ देखिँदा नै डर, क्वारेन्टाइनसम्म पुर्‍याउनै सकस !

जेठ १३, २०७७

NTC
Premier Steels

भारतबाट कर्णाली प्रदेश प्रवेश गर्ने नाका बबई पुगेका सुर्खेतको चौकुने गाउँपालिकाका ३ जनामा मंगलवार बिहान ११ बजे आरडीटी जाँच गर्दा रिपोर्ट ‘पोजेटिभ’ देखियो । 

Muktinath Bank

पोजेटिभ देखिएकालाई बबई नाकामै राखेर अरुलाई सम्बन्धित स्थानीय तहमा पठाइयो । तर आरडीटी पोजेटिभ देखिएका व्यक्तिलाई वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनसम्म कसरी पुर्‍याउने भन्ने सकस भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोजेटिभ देखिएको भएर बसहरूले लैजान मानेनन् । प्रदेश सरकार र प्रहरीसँग छुट्टै एम्बुलेन्स वा सवारीसाधन उपलब्ध भएनन् । बबई नाकामा खटिएका प्रहरीले चाडोभन्दा चाडो उद्धार गरेर क्वारेन्टाइनमा पुर्‍याइदिन जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेत र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बारम्बार फोन गर्‍यो तर कसैले सुनुवाइ गरेनन् ।


Advertisment
Nabil box
Kumari

केही समाधान ननिस्किएपछि प्रहरीले राति ११ बजे अर्कै बसको छतमा राखेर ती व्यक्तिहरूलाई वीरेन्द्रनगर ल्याएर क्वारेन्टाईनमा राख्यो ।

Vianet communication

कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रहरीलाई खटाइएको भएपनि आवश्यक एम्बुलेन्स र स्रोतसाधन उपलब्ध नगराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (इन्सपेक्टर) भरत शाहले बताए । कर्णालीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फिल्डमा काम गर्ने प्रहरीलाई बबई र सुब्बाकुनामा अनिवार्य पीपीई सेट चाहिने भएपनि हालसम्म नदिइएको शाहले बताए । ‘दैनिक आरडीटी जाँचमा पोजेटिभ देखिइरहेका छन् । साधनस्रोत छैन । मास्क ग्लोब्स टाढाको कुरा हो,’ उनले गुनासो गरे, ‘मान्छे धेरै आउने, भोकाएर आउँदा खाना छैन, शौचालय छैन, कर्णालीवासीलाई थेग्न धेरै गाह्रो भएको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x