२२ असार २०८३, सोमबार

पत्नी मार्नका लागि गोमन सर्प पठाउने मानिस पक्राउ

जेठ १३, २०७७
पत्नी मार्नका लागि गोमन सर्प पठाउने मानिस पक्राउ

भारतको केरलमा एक व्यक्तिले आफ्नी पत्नीका हत्या गर्नका लागि उनको कोठामा गोमन सर्प पठाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । 

फोन रेकर्डहरू हेर्दा सुरज नामक ती व्यक्तिले सपेराहरूसँग कुरा गरेको र इन्टरनेटमा सर्पहरूसम्बन्धी भिडियो हेरेको प्रहरीको भनाइ छ । 

सुरजले मार्च महिनामा पनि खतरनाक भाइपर सर्प ल्याएको र त्यसले टोक्दा उनकी पत्नी उत्तरा दुई महिनासम्म अस्पतालमा बस्नुपरेको प्रहरी अधिकारी अशोक कुमारले बताए । 

उत्तरा माइतमा बसेर निको भइरहँदा सुरजले एकजना सपेरासँग गोमन साँप किनेर ल्याएको र सुतिरहेकी पत्नीमाथि फालेको पाइएको छ । 

प्रहरीको बयानमा लेखिएको छ, ‘सुरज पनि त्यही कोठामा बसेर केही नभएको जस्तो बेहोरा देखाइरहेको थियो ।’

‘भोलिपल्ट बिहान ऊ नियमित कर्म गरिरहेको थियो र उत्तराकी आमा चिच्याएपछि के भो, के भो भन्दै आएको थियो ।’

‘उनीहरूले उत्तरालाई अस्पताल लगे । चिकित्सकले उनको मृत्यु भएको घोषणा गर्‍यो ।’

उत्तराको मृत्यु भएको केही दिनपछि नै सुरजले पत्नीको सम्पत्ति आफ्नो नाममा पार्न खोजेपछि उत्तराका आमाबुवालाई शंका लाग्यो । 

उत्तरा सम्पन्न परिवारकी थिइन् भने निजी बैंकमा काम गर्ने सुरज सामान्य परिवारका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्