
पश्चिम रुकुममा भएको घटनाको विषयलाई लिएर नेकपा सांसद जनार्दन शर्माले बोल्दैगर्दा कांग्रेस सांसदले होहल्ला गरेका छन् ।
नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेकपाकी पार्वतीकुमारी विशुंखे र समाजवादी पार्टीकी रेणुका गुरुङले बोलेपछि सभामुख अग्नि सापकोटाले गृहमन्त्री रामबहादुर थापालाई समय दिएका थिए ।
सभामुखले समय दिएपछि जनार्दन शर्माले समय मागेका थिए । शर्मा बोल्दा कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।
कांग्रेस सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेको बताएका थिए । ‘घटनाबारे मैले कुरा राख्न पाइँदैन ? सभामुखले दिएको समयमा बोल्न किन नपाउने ?’ उनले प्रश्न गरे ।