१० साउन २०८३, आइतबार

स्पेनमा नेताले भाषण दिँदादिँदै आयो अस्ट्रिच, नेता बोलेको बोल्यै (भिडियो)

जेठ १३, २०७७
स्पेनमा नेताले भाषण दिँदादिँदै आयो अस्ट्रिच, नेता बोलेको बोल्यै (भिडियो)

स्पेनमा एक नेताले भाषण दिइरहेको बेलामा पछाडि अस्ट्रिच आएको छ । तर त्यो आएको थाहा नपाएका नेता चाहिँ बोेलेको बोल्यै गरेका छन् । 

रमाइलो भिडियोमा उत्तरी स्पेनको कान्ताब्रियाका अध्यक्ष मिगेल आंगेल रेभियाले काबारचेनो प्राकृतिक चिडियाखाना पुनः खुलेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्ट्रिच देखापरेको हो । 

मानिसहरूको भीड देखेर अस्ट्रिच छक्क परेको हेरेको देखिन्छ । 

आफूपछाडि अस्ट्रिच आएको थाहा नपाएका रेभिया चाहिँ देशको अर्थतन्त्र पुनरुद्धार गर्ने कदमस्वरूप चिडियाखाना पुनः खोलिएको भनी बताइरहेका थिए । 

रेभियाले पर्यटकहरूलाई चिडियाखाना भ्रमण गर्न उत्साहित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्