०४ असार २०८३, बिहीबार

आमसञ्चार माध्यमको अनुगमनको जिम्मा प्रेस काउन्सिललाई

कात्तिक २०, २०७४
आमसञ्चार माध्यमको अनुगमनको जिम्मा प्रेस काउन्सिललाई
काठमाडौं, वैशाख १३ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७४ मा आम सञ्चार माध्यमको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिल, नेपाललाई दिने निर्णय गरेको छ ।election-lokaantar-1
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज कान्तिपथ स्थित आयोगमा बसेको बैठकले आम सञ्चार माध्यमको अनुगमनको कार्य विवरण (टीओआर) समेत स्वीकृत गरेको छ ।
प्रेस काउन्सिलले आम सञ्चार माध्यमले गरेका कार्यको अनुगमन गरी २०७४ वैशाख ३१ गतेको निर्वाचन सम्पन्न भएको सात दिनभित्र र २०७४ जेठ ३१ गते निर्वाचन सम्पन्न भएको मितिले ३० दिनभित्र अन्तिम प्रतिवेदन आयोगलाई पेश गर्नुपर्ने जिम्मेवारी तोकिएको आयागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्