१३ असार २०८३, शनिबार

प्रहरीमा प्रभावकारी प्रशिक्षण भएमात्र शान्ति सुव्यवस्था : आइजीपी अर्याल

कात्तिक २०, २०७४
प्रहरीमा प्रभावकारी प्रशिक्षण भएमात्र शान्ति सुव्यवस्था : आइजीपी अर्याल

काठमाडौँ, १३ वैशाख - प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीमा प्रभावकारी प्रशिक्षण भएमात्र शान्ति सुव्यवस्था राम्रो हुने बताउनुभएको छ ।Prakash-Aryal

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘आर्थिक वर्ष २०७४÷०७५ को नेपाल प्रहरीको तालिम योजना निर्माण’सम्बन्धी दुई दिवसीय गोष्ठीको समापन कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सिकाइबाट नै प्रशिक्षणको उत्कृष्टता झल्कने हुँदा विगतको मनस्थितिलाई परिवर्तन गरी तालिमको स्तरोन्नतितर्फ ध्यान दिनुपर्छ ।”

महानिरीक्षक अर्यालले नेपाल प्रहरीले यस आर्थिक वर्षलाई प्रशिक्षण वर्षका रुपमा मनाउने निर्णय गरेको भन्दै आगामी वार्षिक प्रशिक्षण योजना निर्माणका लागि गोष्ठीमा भएका छलफलले पहिचान गरेको सुधारका क्षेत्र, आवश्यक स्रोतसाधनको उपलब्धतातर्फ सङ्गठनका तर्फबाट समयमै आवश्यक नीतिगत तथा व्यवस्थापकीय सहयोग गर्न सम्बन्धित विभागलाई निर्देशन दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्