०७ साउन २०८३, बिहीबार

अनुष्का शर्माले घाइते गाईबाच्छाको स्याहार गरिन्, गौशालामा बिताइन् चार घण्टा

कात्तिक २०, २०७४
अनुष्का शर्माले घाइते गाईबाच्छाको स्याहार गरिन्, गौशालामा बिताइन् चार घण्टा

काठमाडौं, १४ वैशाख — बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पिता अजय शर्माले बुधवार राजस्थानको उदयपुर पुगेर एनिमल एड सोसाइटीमा रहेको गौशालामा चार घण्टा बिताएका छन् ।


अनुष्का पुगेको गौशालामा अलपत्र तथा घाइते गाईबाच्छाहरूको हेरचाह गरिन्छ । उनले आफैं पनि बाच्छाबाच्छीलाई दूध पियाउने अनि गाईलाई चारा र सक्खर खुवाउने काम गरिन् ।

हिजै बेलुका उनी फ्लाइटबाट मुम्बई पनि फर्किन् ।

अनुष्काले कुकुरहरूका लागि बनाइएको हाइड्रोथेरापी पूलको पनि प्रशंसा गरिन् । यो थेरापी अन्तर्गत पूलभित्र तातो पानीमा कुकुरहरूलाई तैरिनका लागि छोडिन्छ । उनीको तौल नियन्त्रण र फिटनेसका लागि यसो गरिन्छ ।

एनिमल एडकी सचिव नेहा सिंंह बनयालले अनुष्काका कारण अरू मानिसलाई पनि पशुको मद्दत गर्न प्रेरणा प्राप्त हुने टिप्पणी गरिन् ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्