०२ असार २०८३, मंगलबार

बिहानै भएको आगलागीले लाखौंको क्षति

कात्तिक २०, २०७४
बिहानै भएको आगलागीले लाखौंको क्षति

इटहरी, १४ वैशाख– सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हरिनगरा गाउँपालिका–६ (घुस्की)मा आज बिहान भएको भीषण आगलागीमा परेर छ परिवारको घर गोठ नष्ट हुँदा कम्तीमा रु ६० लाखभन्दा बढीको क्षति भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार हसिम अन्सारीको घरबाट विद्युत सर्ट भई सुरु भएको आगोले उनको छरछिमेकमा रहेका छ परिवारको घर गोठ जलेर नष्ट भएको हो ।

मुस्लिम समुदायको सघन बसोबास रहेको उक्त आगोलाई स्थानीयवासी प्रहरी वारुणयन्त्र र सशस्त्र प्रहरीसमेतको सक्रियतामा नियन्त्रण गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

आगलागी भएर घरबारविहीन बन्न पुगेका परिवारलाई आजै आपतकालीन राहत वितरण गर्ने तयारीकासाथ घटनास्थल जाने तयारी भइरहेको पनि प्रजिअ पराजुलीले जानकारी दिए ।

बिहान ५ बजेतिर आगलागी सुरु भएको र आगो लागेर तीन परिवारको घर गोठ पूरै खरानी भएको र उनीहरुको घरमा भएको कुनै पनि सरसामान निकाल्न नपाएको तथा ती सबै परिवारको घरगोठसमेत जलेर सखाप भएकाले उनीहरुको बसोबासका लागि पनि आपतकालीन सहयोग आवश्यक रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्