०६ साउन २०८३, बुधबार

जेठ ३१ गतेसम्म नै निर्वाचन आचासंहिता लागू हुने

कात्तिक २०, २०७४
जेठ ३१ गतेसम्म नै निर्वाचन आचासंहिता लागू हुने

काठमाडौँ, १४ वैशाख– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेसम्म यथावत रहने जनाएको छ ।

आयोगले फागुन १८ गते जारी गरेको ‘स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३’ वैशाख ३१ र जेठ ३१ गते हुने दुवै चरणको निर्वाचनसम्म निरन्तर रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आचारसंहिता कायमै भएको विषयमा कुनै भ्रममा नपर्र्न, आचारसंहिताको पालना गरेर सहयोग गर्न तथा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनसमेत सरोकारवाला सबैसँग आयोगले आग्रह गरेको छ ।

आचारसंहिताका विषयमा विभिन्न टीकाटिप्पणी उठिरहेको सन्दर्भमा आयोगले आज प्रेस विज्ञप्ति जारी गरी त्यसबारे स्पष्ट पारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्