१९ असार २०८३, शुक्रबार

भारतमा गरीबी हटाउनका लागि आमाबुवाले दिए छोरीको बलि

जेठ २१, २०७७
भारतमा गरीबी हटाउनका लागि आमाबुवाले दिए छोरीको बलि

भारतको तमिलनाडुस्थित पुडुकोट्टई जिल्लामा मानव बलिको पीडादायी घटना भएको छ । 

१३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका छन् । 

प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् । 

मे १९ मा विद्या पानी लिन गएपछि घर फर्किनन् र परिवारका मानिसले खोज्न थाले । पछि उनी घरैनजिक गम्भीर चोटपटक लागेको अवस्थामा फेला परिन् । उनलाई तंजावुर मेडिकल कलेजमा भर्ना गरियो । उपचारका क्रममा विद्याको मृत्यु भयो । 

एसपी पीभी अरुण शक्ति कुमारका अनुसार, पनीरसेलवम र मूकईले आर्थिक समस्या कसरी समाधान गर्ने भनी सल्लाह गरे । मूकईले पतिलाई एक तान्त्रिकसँग भेट्न लगाइन् । तान्त्रिकलाई गरीबी कसरी हटाउने भनी सोध्दा एक छोरीको बलि दिएमा काम बन्ने बताए । 

त्यसपछि पनीरसेवेलम र मूकईले छोरी विद्यालाई मारे । 

मूकईको मृत्यु गत शनिवार भइसकेको छ भने पनीरसेलवमले प्रहरीको कडा सोधपुछपछि अपराध सकारेका छन् । तान्त्रिकले भनेपछि विद्यालाई मारेको उनले प्रहरीलाई बताए । 

प्रहरीले पनीरसेलवमलाई हिरासतमा राखेको छ भने तान्त्रिक र हत्यामा संलग्न अन्य दुई मानिसको खोजी गरिरहेको छ । 

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्