२३ असार २०८३, मंगलबार

विप्लव माओवादीको पूर्व निर्णय अनुसार नै लोकमानलाई कालोमोसो

कात्तिक २०, २०७४
विप्लव माओवादीको पूर्व निर्णय अनुसार नै लोकमानलाई कालोमोसो
काठमाडौं, ७ पुस– विप्लव नेतृत्वको नेकपा माओवादीले आफूहरुको पूर्वतयारी अनुसार लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएको बताएको छ ।

लोकान्तरको सम्पर्कमा आएका विप्लव माओवादीका एक वरिष्ठ नेताले आफूहरुको पूर्वतयारी अनुसार निलम्बित अख्तियार प्रमुख लोकमानलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलिएको बताए ।

उनका अनुसार विप्लव माओवादी लोकमानसिंह कार्कीलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको थियो । त्यसैले रुकुमका दुई कार्यकर्तामार्फत लोकमानलाई कालोमोसो दल्न पठाइएको उनले बताए ।

प्रहरीका अनुसार रुकुमका विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले कालोमोसो दलेका हुन् ।

यसैबीच विप्लव माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले लोकान्तरसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका छन् । उनले पक्राउ परेका कार्यकर्ताको विना शर्त र यथाशीघ्र रिहाईको माग गरेका छन् । र, भ्रष्टाचारीलाई बढार्ने अभियान अझै सशक्त पार्दै अघि बढ्ने जनाएको छ ।

कालोमोसो दल्ने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्