
सरकारले लकडाउनकैबीच आयकर तिर्न सूचना जारी गरेपछि विरोध भइरहेका बेला समावधि थपिएको छ।
आन्तरिक राजस्व विभागले कर तिर्ने समायावधि शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो।
यसअघि विभागले सूचना जारी गरेरचैत महिनामा बुझाउनु पर्ने आयकरको दोस्रो किस्ता जेठ २५ सम्म तिर्न भनेको थियो। तर, अब यो अवधि असार १५ गतेसम्मका लागि लम्ब्याइएको हो।
विभाग उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार तोकिएको समय सीमाभित्र कर चुक्ता गरेमा शुल्क र ब्याज लाग्दैन।
मूल्य अभिवृद्धि करको हकमा २०७६ फागुन, चैत र २०७७ वैशाख महिनाको मासिक कर विवरण, २०७६ माघ, फागुन र चैत २०७७ वैशाख महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकिएको छ।
