२२ असार २०८३, सोमबार

विनोद खन्ना जो स्टारडम छोडेर ओशोको बगैंचा स्याहार्ने माली बने

कात्तिक २०, २०७४
विनोद खन्ना जो स्टारडम छोडेर ओशोको बगैंचा स्याहार्ने माली बने
काठमाडौं, १५ चैत्र– भारतीय अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट ग्रसित खन्ना लामोसमयदेखि विरामी थिए । हिन्दी फिल्मी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बलिउड अभिनेता विनोद खन्नाको जीवनमा थुप्रै उतारचढाव आयो ।


दुई बच्चासहित परिवार हुर्कदै गरेको समयमा सन १९८२मा विनोद खन्नाको बारेमा आश्चर्यजनक खबर आएको थियो । परिवार छोडेर उनले धार्मिक गुरु ओशोका सन्यासी बनेको खबर ।

विनोद खन्ना सन्यासी बनेर विनोद भारतीको नाममा जानिए । उनको आध्यात्मिक यात्रा शुरु भइरहेको अवस्थामा उनी ओशोसँगै अमेरिकाको ओरेगनमा धार्मिक यात्राका लागि गएका थिए ।

ओरेगनमा रहेको ओशो कम्युनमा बस्ने सबै सन्यासीलाई फरक फरक जिम्मेवारी दिइन्थ्यो । यही क्रममा खन्नालाई बगैंचाको फूलबारी स्याहार्ने काम दिइएको थियो । उनी यस काममा निकै खुशी देखिन्थे ।

आफ्नो धार्मिक यात्राको लागि उनले आफ्नो फिल्मी क्षेत्रबाट टाढिएका थिए । जब उनले फिल्ममा काम गर्न भनेर लिइसकेको पैसा समेत फिर्ता गरे तब फिल्म निर्माता समेत आश्चर्यमा परे । यसकुराबाट धेरै फिल्म निर्माता र वितरक निकै निराश भएका थिए ।

उनको बारेमा निकै हल्ला फैलिएको थियो । पछि उनले पत्रकार सम्मेलन गरेरै आफ्नो सन्यास जीवनको बारेमा सार्वजनिक गरेका थिए । दुईतीन बर्षसम्म उनले मिडिया र सार्वजनिक जीवनबाट टाढा भएका थिए । सन १९८५ मा उनको फोटो एक प्रख्यात म्यागेजिनको कभर पेजमा छापिएको थियो । यसलगतै फिल्मनिर्माताहरु उनको स्टारडमको पछाडि लागेका थिए ।

ओशो जीवनबाट निकै प्रभावित भएका उनी आफ्नो जीवन पनि त्यस्तै विताउन चाहन्थे । उनको ओशोप्रतिको लगाब यति थियो कि बलिउड फिल्मी उद्योगमा नम्बर आएपनि उनले चटक्कै फिल्मी क्षेत्र छोडेका थिए ।

उनी हिरोको साथसाथै भिलेनका रुपमा पनि सशक्त भूमिका निर्वाह गर्नसक्ने अभिनयकर्ताका रुपमा चिनिन्छन् । ओशोको निधनपश्चात पनि ओशोको विचार प्रचारकका रुपमा स्वामी विनोद भारतीका रुपमा उनी प्रचारमा लागिरहे । केहीबर्ष अघि खन्ना काठमाडौंको ओशो तपोवनमा धार्मिक यात्रामा आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्