०२ असार २०८३, मंगलबार

कोरोना रोकथाम र उपचारमा पौने १० अर्ब सकियो

कोरोना रोकथाम र उपचारमा पौने १० अर्ब सकियो
फाइल फोटो।

सरकारले हालसम्म कोरोना भाइरस रोकथाम तथा उपचारका लागि पौने  १० अर्ब रुपैयाँ खर्च गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।
उनका अनुसार कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, राहत वितरणमा उक्त रकम खर्च भएको हो। 

उक्त रकममध्ये सरकारले अहिलेसम्म ६ अर्ब करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ८ करोड र स्थानीय सरकारको तर्फबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ।

यो रकममा विभिन्न संघसंस्था‚ दातृनिकायले गरेको सहयोग पनि जोडिएको छैन। 
 

salt training

कमेन्ट गर्नुहोस्