
भारतमा काेराेना भाइरसका संक्रमितकाे संख्या दिनप्रतिदिन बढिरहेका बेला दिल्लीस्थित दूतावासले 'सकभर लामाे दूरीकाे यात्रा नगर्न' नेपालीहरुलाई आह्वान गरेकाे छ।
दूतावासले एक सूचना जारी गरेर संक्रमण फैलिरहेकाले भाैतिक दूरी कायम गर्न तथा सकभर लामाे दूरीकाे यात्रा नगर्न भनेकाे हाे।
यद्यपी बाध्यात्मक कारणले नेपाल फर्किरहेकाहरुलाई सुरक्षित रुपमा फर्कन र त्यसमा नेपाल सरकारले सहजीकरण गर्ने भनिएकाे छ। भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्कने नेपालीहरुकाे सहजताका लागि नेपाल-भारत सीमामा २० वटा प्रवेश विन्दू कायम गरिएकाे छ। र सीमामबाट नेपाल प्रवेश गरेपछि हाेल्डिंग स्थानमा आवश्यक प्रक्रिया पूरा गरेपछि निश्चित समय क्वारेन्टाइनमा बस्न पनि दूतावासले अपील गरेकाे छ।