
लक-डाउनको मोडालिटी तय गर्न र स्वास्थ्य संकटकालबारे निर्णय गर्न बिहीवार मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
अपराह्न ४ बजेका लागि बैठक तय गरिएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
‘बैठक नियमित हो, तर केही विशेष निर्णयहरू हुन सक्छन्,’ ती मन्त्रीले लोकान्तरलाई बताए ।
बैठकमा पछिल्लो पटक जेठ ३२ गतेसम्म लम्ब्याइएको लक-डाउनका बारेमा नयाँ निर्णय आउन सक्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार महामारीको नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूसँग परामर्श गरेका थिए ।
उनले अर्थशास्त्री, योजनविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँग उनले परामर्श गरेका थिए ।