२७ असार २०८३, शनिबार

९५ वर्षीया यी मोडल अरूलाई दिन्छिन् फेशन टिप्स

कात्तिक २०, २०७४
९५ वर्षीया यी मोडल अरूलाई दिन्छिन् फेशन टिप्स

मोडलको बारेमा सोच्दा दिमागमा ग्ल्यामराइज्ड युवतीको छवि आउँछ । तर यहाँ हामी ९५ वर्षीया मोडलको कुरा गर्दैछौं ।


अस्ट्रियाकी अर्नेस्टाइन स्टोलबर्ग सामाजिक सञ्जालमा खुबै हिट मोडल हुन् । लाइक्स र शेयर्सको वर्षा हुन्छ उनका तस्वीरमा । ठूलाठूला फेशन आइकनहरू पनि उनलाई खुबै मन पराउँछन् ।


पार्क डिजाइनका कपडाहरूको उनले मोडलिङ गर्ने गरेकी छन् । क्यामराअघि उनले पोज दिँदा ग्ल्यामराइज्ड मोडल पनि चक्मा खान्छन् ।


खासमा उनी जवानीमा रेव्यु डान्सर थिइन् । त्यसैले गर्दा उनको हिँडाइ नै सेक्सी छ ।


फोटोजेनिक भएकीले उनी सुपरस्टार मोडल हुन् र उनको आउटफिट र ड्रेसिङ सेन्स पनि गजबको छ ।

ठूला मोडलहरू पनि उनीसँग मोडलिङ टिप्स लिन्छन् । प्रमोसनल कम्पनीहरूले उनलाई ब्रान्ड इन्डोर्स गर्न लगाउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्