०५ साउन २०८३, मंगलबार

कोरोनाबाट पाल्पाका पुरुषको मृत्यु, प्रदेशमा मृतकको संख्या ४ पुग्यो

जेठ २२, २०७७
कोरोनाबाट पाल्पाका पुरुषको मृत्यु, प्रदेशमा मृतकको संख्या ४ पुग्यो

पाल्पाको पूर्वखोला गाउँपालिकाको आइसोेलेसनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले मृत्यु भएको पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मंगलवार मृत्यु भएको थियो । 

सास फेर्न समस्या हुने, सुक्खा खोकी लाग्ने र खकारमा रगतसमेत देखिएपछि उनलाई सोमवार मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । 

उनी आइतवार नेपाल–भारतको सुनौली सीमानाका हुँदै पाल्पा आइपुगेका थिए । भारतको मुम्बईबाट फर्किएका उनी आइतवार राति नै पूर्वखोला गाउँपालिकाको जल्पास्थित शम्भु माध्यमिक विद्यालयको क्वारेन्टीनमा बसेका थिए । उनको शव मिसन अस्पतालमै छ ।

यससँगै ५ नम्बर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ पुगेको छ । गुल्मी, अर्घाखाँची, बाँके र पाल्पामा गरी ४ जनाको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्