२६ असार २०८३, शुक्रबार

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक अर्बजनाका लागि कोरोनाविरुद्ध खोप बनाउने

जेठ २३, २०७७
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक अर्बजनाका लागि कोरोनाविरुद्ध खोप बनाउने

कोेरोनाभाइरसविरुद्धको लडाइँमा अहिले अनेकौं देशहरू खोप बनाउन लागिपरेका छन् । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालय त्यसमा अरूभन्दा अघि देखिएको छ । विश्वविद्यालयले गरेको खोपको परीक्षण दोस्रो चरणमा पुगेको छ । 

विश्वविद्यालयले बनाउने सम्भावित खोपको आपूर्तिका लागि बेलायती र स्विडिश स्वामित्वको कम्पनी आस्ट्राजेनेकाले भारतको सेरम इन्स्टिच्युटसँग सहकार्य गर्न लागेको छ । यी दुई संस्था मिलेर कोरोनाविरुद्धको खोप कम आय भएका गरीब मुलुकमा बाँड्नेछन् । सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य छ । 

अक्सफोर्ड विश्वविद्यालयले एजेडडी१२२२ नामक खोपको दोस्रो तथा तेस्रो चरणको परीक्षणको घोषणा गरेको छ । त्यसमा १० हजार वयस्कहरूलाई समावेश गरिनेछ । अनेकौं देशमा बाँकी परीक्षण गरिनेछ । ब्राजिलले अक्सफोर्डको कोरोना खोपको क्लिनिकल परीक्षण स्वीकृत गरेको छ । 

बेलायती औषधि कम्पनी नयाँ खोपको निर्माण र वितरणमा सहायता दिने संस्था सेपी र गवीसँग ७५० मिलियन डलरको सम्झौतामा पुगिसकेको छ । यसमार्फत सम्भावित खोपका ३० करोड डोज बिक्रीवितरण गरिनेछ । खोप वितरण सन् २०२० को अन्त्यसम्ममा गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्