
काठमाडौं, — भारतको एक सञ्चारमाध्यम न्युज १८ले आफ्नो अनलाइन संस्करणमा बिहीवार एक रिपोर्ट प्रकाशित गर्दै नेपालले पहिलोचोटि भारतीयहरूलाई स्थानीय निर्वाचन लड्न दिने अनुमति दिएको लेखेको छ ।

भारतको उत्तर प्रदेश र बिहार राज्यको सिमानामा रहेका भारतीयहरूलाई स्थानीय निर्वाचनमा उम्मेदवारीको मौका दिइएको न्युज१८का काजी फराज अहमदले लेखेका छन् । 'इन अ फर्स्ट, नेपाल अलाउज इन्डियन्स टु कन्टेस्ट लोकल बडी पोल्स' शीर्षकमा समाचार प्रकाशित भएको हो ।
नेपालमा सात महिना लामो संघर्षपछि अधिकारीहरूले संविधान संशोधन गर्दै नेपालमा बिहे गरेका अनि भारतका नागरिक रहेका व्यक्तिलाई चुनाव लड्न दिने समाचारमा उल्लेख छ । संशोधनका कारण उनीहरूले समानुपातिक रूपमा संसदीय चुनाव पनि लड्न पाउने भएको लेखिएको छ ।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणबाट फर्केपछि भारतीय नागरिकलाई चुनाव लड्न दिनका लागि अनुमति दिइएको समाचारमा उल्लेख छ ।
यो निर्णय कार्यान्वयन भएमा सीमाक्षेत्रमा रहेका २५ प्रतिशत जनसंख्याका लागि वरदानै साबित हुनेछ । बिहार र उत्तर प्रदेशमा रहेका सीमावर्ती क्षेत्रका मधेशीहरूलाई यसले निकै फाइदा हुने समाचारमा लेखिएको छ ।
मूल समाचार यहाँ पढ्नुहोस् :
http://www.news18.com/news/india/in-a-first-nepal-allows-indians-to-contest-local-body-polls-1385217.html