०६ असार २०८३, शनिबार

संसदमा बोल्दाबोल्दै सांसदले च्याते शर्ट (भिडियो)

जेठ २३, २०७७
संसदमा बोल्दाबोल्दै सांसदले च्याते शर्ट (भिडियो)

दक्षिण अमेरिकी मुलुक पाराग्वेमा संसदमा बोल्दाबोल्दै एक पुरुष सांसदले आफ्नो शर्ट च्यातेका छन् । सीमानाका खोल्ने विषयमा चर्को भाषण गर्दैगर्दा उनले शर्ट च्यातेका हुन् । 

स्वतन्त्र सांसद होर्खे एन्टोनियो ब्रिटेजले ब्राजिलसँग सीमामा रहेको पुल खोल्ने विषयमा भएको बहसमा भाग लिएका थिए । 

उनले सरकारलाई उक्त पुल खोल्न भनेका थिए । पुल कोरोनाभाइरस महाव्याधि शुरू भएदेखि नै बन्द गरिएको छ । ‘म कोही मरोस् भन्ने चाहदिनँ तर सिउदाद देल एस्ते ६० दिनदेखि बन्द छ ।’

ब्राजिलसँगको व्यापारमा नै सीमाक्षेत्रका ८० प्रतिशत नागरिक निर्भर रहेको उनले बताए र जोशैमा शर्ट च्याते । 

उनले थपे, ‘हामीले काम गर्नुपर्ने हुन्छ र सबै प्रोटोकल अनुसरण गरिरहेका छौं । म मेरा जनताका लागि स्वास्थ्य, रोजगारी र शिक्षाको माग गरिरहेको छु अनि तपाईंहरू एउटा शर्टबाट स्तब्ध हुनुहुन्छ ।’

घटनालगत्तै सभामुख होर्गे आलियानाले सत्र समाप्त भएको घोषणा गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्